रेबिज रोग बिरुद्द खोप लिनु पर्ने वा नपर्ने अवस्थाहरु


खोप लिनु पर्ने अवस्थाहरु :
# टोक्ने जनावरमा टोकेको १० दिन भित्र रेबिज रोगका लक्षणहरु देखिएमा वा रेबिज
   भएको प्रयोगशाला बाट प्रमाणित भएमा ।
# टोक्ने  जनावर चिनिएन , १० दिन भित्र मर्यो , मारियो ,बेपत्ता भयो भने ।
# माम्साहारी जङगली जनावरले अकस्मात आक्रमण गरी घाइते बनाएमा  ।
# बहुला जनावरको रयाल आलो घाऊ भएको भागमा लागेमा ।
# रयाल काढी रहेको जनावरको मुखमा हात हाल्दा घाऊ भएमा ।
# रेबिज को लक्षण युक्त रोगी ले टोकेमा वा थुकेमा ।
# रोगिको लक्षण देखिएपछी रोगिको जुठो खाएको ।

खोप लिनु नपर्ने अवस्थाहरु :
# रोगिलाई खानेकुरा दिएको - खोप नलिने ।
# रोगिलाई छोएको, चलाएको, मलामी गएको - खोप नलिने ।
# आलो घाऊ नभएको भागमा रयाल लागेमा - खोप नलिने, सो भाग साबुन पानीले
   राम्ररी धुने ।
# पशुको मुखमा हात हाली औषधी खुवाउदा घाऊ नभएको- खोप नलिने, सो भाग
   साबुन पानीले राम्ररी धुने ।
# रोगिको लक्षण देखिनु पूर्व रोगिको जुठो खाएको - खोप नलिने ।
# रेबिज लागेको जनवारको दुध पिएमा - खोप नलिने ।
# घर खेतको मुसा छुचुन्द्रोले टोकेमा -खोप नलिने बरु टिटानसको सुई मात्रा लिने ।
# देबस्थल मा भएका बाँदर ले केही चिज खोस्दा टोकेमा -खोप नलिने, तर एकै
   समएमा धेरैलाई टोकेमा खोप रेबिज बिषज्ञको सल्लाह बमोजिम मात्रा लिनु पर्छ ।
# अन्य जनावरको टोकाई को हकमा रेबिज बिषज्ञ वा चिकित्सकको  सल्लाह बमोजिम 
    मात्रा  लिनु पर्छ ।
स्रोत : नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , स्वास्थ्य सेवा बिभाग , इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा 






 

No comments: