परिचय
टिटानस टक्साइड धनुष्टंकार रोग विरुद्ध दिइने खोप हो ।
टिटानस टक्साइड भएको खोप विभिन्न खोपको रुपमा
उपलब्ध हुन्छ जस्तैः डि.पि.टि., डि.पि.टि.–हेव वी–हिव, टी.टी., टी.डी.,डी.टी. । हाल नियमित
खोपमा टी.टी. खोप
प्रयोग गरिदै आएकोमा आगामी दिनमा यो खोपको सट्टा टी.डी. खोप
प्रयोग गरिनेछ ।
यी खोपहरु झोलको रुपमा १० वा २० मात्राको भायलमा उपलब्ध हुन्छ
। टी.टी. खोपमा टिटानस टक्स्वाइड रहेको
हुन्छ भने टी.डी. (T.d) खोपमा टिटानस टक्स्वाइड र डिप्थेरिया टक्स्वाइड (कम
मात्रा) मिसिएको हुन्छ ।
भण्डारण
टी.टी/टी.डी. खोपलाई +२ डिग्री देखि +८ डिग्री से. तापक्रममा
राख्नुपर्दछ । यी खोपहरु Freeze-Sensitiveभएकोले जम्न दिनु हुँदैन ।
खोपको मात्रा र दिने उमेर
यी खोपहरुको मात्रा ०.५ मि.ली. हो र महिलालाई दिइन्छ ।
गर्भवती भएको थाहा पाउने बित्तिकै पहिलो मात्रा र १
महिनापछि दोस्रो मात्रा गरी दुई पटक लगाउनु पर्दछ र
त्यसपछिको हरेक गर्भावस्थामा एक मात्रा दिनु पर्दछ ।
तयार गर्ने बिधि
यो खोप झोलको रुपमा उपलब्ध हुन्छ र खोप लगाउनु भन्दा अगाडि
भ्याक्सिन भायललाई हल्लाएर लगाउनु पर्दछ ।
याद गर्नुपर्ने कुरा
यो खोप बढी चिसोका कारण जमेर बिग्रन्छ । यो खोप भण्डारण
गर्दा +२ डिग्री देखि +८ डिग्री से. तापक्रममा राख्नुपर्दछ तथा वितरण गर्दा कण्डिसनिङ्ग
गरेको आइसप्याक मात्र प्रयोग गर्नुपर्दछ । खोप जमेको शंका लागेमा भ्याक्सिन
भायललाई प्रयोग नगर्ने ।
खोप दिने तरीका
यो खोप बायाँ पाखुराको बीच बाहिरी भागमा मासुभित्र (Intra-muscular_९० डिग्री कोण पारी दिनुपर्दछ ।
गर्भवती महिलालाई सुझाब
1. सूई दिएको स्थानमा
माड्नु हुँदैन
2. यो खोप लिएपछि सामान्य
ज्वरो आउन सक्छ र पछि आफै ठीक हुन्छ ।
3. अर्को मात्रा लगाउनु
पर्ने भएमा अर्कोपटक आउने दिन, समय,
स्थान र खोप कार्ड
सुरक्षित राख्नेबारे जानकारी
दिनुपर्दछ ।
श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका
श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका