भ्याक्सिन बितरण गर्दा +२ डिग्री देखी +८ डिग्री तापक्रममा
बितरण गनुपदर्छ । जमेर बिग्रिने भ्याक्सिनलाई धेरै चिसोबाट बचाउनको लागि कण्डीसनिङ्ग
गरेको आइसप्याकको प्रयोग गर्नुपर्छ । जमेर बिग्रने भ्याक्सिनलाई ढुवानी तथा बितरण गर्दा भ्याक्सिनलाई
जम्नबाट जोगाउन आईसप्याक पगाल्ने प्रक्रिया हो । आईसप्याक कण्डीसनिङ्ग गर्दा —२०डिग्री सेन्टिग्रेडमा जमेको आइसप्याक लाई बाहिरी तापक्रममा
पग्लिन दिनुपर्दछ । यसरी पग्लिएको आइसप्याक हल्लाउँदा बरफको टुक्रा र पानीको आवाज सुनिन्छ भने यस्तो
अवस्थाको आइसप्याकलाई कण्डीसनिङ्ग आइसप्याक भएको मानिन्छ । त्यसैले डि.पि.टी–हेपबी–हीव, टी.टी.जस्ता जमेर बिग्रने
भ्याक्सिनहरु कण्डीसनिङ्ग गरिएको आइसप्याक भ्याक्सिन क्यारियर तथा कोल्ड बक्समा राखेर
ढुवानी तथा वितरण गर्नुपर्दछ ।
श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका २०७०”
श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका २०७०”