१.पोलियो उन्मुलन अन्त्य गर्ने रणनैतिक योजना २०१३-२०१८ बिश्व स्वास्थ्य सम्बन्धि सन् २०१३सम्पन्न साधारण सभाले पोलियो उन्मुलनलाई अन्त्य गर्ने रणनैतिक योजना २०१३-२०१८ पारित गरेको
थियो । उक्त बिश्वब्यापी योजनाले मुख्यत निम्न लिखित दुई वटा बिषयहरुमा ध्यान केन्द्रित गरेको छ ।
क) Oral Polio Vaccine को प्रयोगलाई क्रमश हटाउने । यसका लागि पोलियो रोगको संक्रमण गराउने तीन वटै भाईरसहरु P1,P2,P3 भएको tOPV भ्याक्सिनको सट्टामा bOPV- P1,P2 भएको भ्यक्सिनको प्रयोगबाट शुरुवात गर्ने ।
ख) tOPV भ्याक्सिीनको सट्टामा bOPVभ्याक्सिनको प्रयोग गर्नु भन्दा पहिला नियमित खोपमा आ.ई.पी.भि.खोप सेवाको शुरुवात गर्ने । नेपालमा आ.ई.पी.भि.खोप सेवाको शुरुवात गत बर्ष देखि भई सकेको छ ।
पोलियो उन्मुलनको अन्तिम अबस्थाका केही तथ्यहरु
पेलियो रोग बिरुद्व दिइने खोप सेवाको प्रगती बिगत दुई दशक देखिनै उत्साहजनक रुपमा हुदै आएको कारणले संसारमय पोलियो रोगका बिरामीहरुको संख्यामा ९९ प्रतिशत भन्दा बढिले कमी आएको छ ।
पोलियो रोग तीन प्रकारका पोलियो भाईरसहरु P1,P2,P3 को संक्रमणबाट हुन्छ तर P3 भाइरसको संक्रमणबाट भएको पोलियो बिरामी सन् १९९९ पछि देखा परेको
छैन ।
पोलियो उन्मुलन अन्त्य गर्ने रणनैतिक योजनाको एउटा मुख्य अंशको रुपमा tOPV भ्याक्सिीनको सट्टामा bOPV भ्याक्सिनको प्रयोग गर्ने निति रहेको छ ।
OPV मा रहेको P2 लाई हटाउनुपर्ने कारणहरु
OPV मा जीवित तर कमजोर बनाइएको पोलियो भाइरसहरु हुन्छन । यो भाइरसले कहिले काही पोलियो रोग लागेर पक्षघात गराउन सक्छ तर अत्यन्त कम संख्यामा देखा परेको छ ।नेपालमा यस प्रकारको पोलियो बिरामी हाल सम्म देखा परेको छैन ।
OPV को कारणबाट हुन सक्ने पक्षघात दुइ प्रकारका हुन्छन
क) Vaccine Associated Paralytic Paralysis-VAPP :
यस प्रकारको Paralysis संसारमय हरैक बर्ष २५० देखि ५०० जनालाइ हुन्छ भन्ने अनुमान
गरिएको छ ।
ख) Circulating Vaccine Derived Poliovirus-cVDPV :
यस प्रकारको एबचबथिकष्क मध्ये ९० प्रतिशत भन्दा बढि P2 भाइरसले भएको देखिन्छ ।P2
भाइरस भएको OPV को प्रयोग बाट सन् २००५ देखि हाल सम्म यस प्रकारको पक्षघात ६७१ ज्ना
ब्यक्तिहरुमा भएको तथ्यांक छ ।
साराँश
OPV को प्रयोग क्रमश बन्द गर्ने र यसको शुरुवात tOPV को सट्टामा bOPV भ्याक्सिनको प्रयोगबाट गर्ने ।
tOPV भ्याक्सिीनको सट्टामा bOPV भ्याक्सिनको प्रयोग २०७३ साल बैशाख ५ गते देखि नेपालका सबै स्वास्थ्य संस्थाबाट भएको ।
tOPV भ्याक्सिीनको सट्टामा bOPVभ्याक्सिनको प्रयोग शुरुवात संसारभरी सन् २०१६ अप्रिल १७ देखि मे १ सम्म को अवधि तोकिएको ।
आई.पि.भी.(इनएक्टिभेटेड पोलियो भ्याक्सिन ) संसार भरिका सबै देशहरुले सन् २०१५ को अन्त्यसम्म नियमित खोप सेवामा समाबेश गरिसकेका छन । यो भ्याक्सिनमा मृत भाइरस P1,P2,P3 हुन्छ .
श्रोत : tOPV भ्याक्सिीनको सट्टामा bOPV भ्याक्सिनको प्रयोग सन्क्षिप्त जानकारी, स्वास्थ्यकर्मिहरुका लागि, २०७२