परिचय
बि.सि.जी. खोपले
बच्चाहरूलाई क्षयरोग विरुद्ध सुरक्षा प्रदान गर्दछ । वि.सि.जी. को पूरा अर्थ
व्यासिलस
क्यालमेट ग्यूरिन (Bacillus Calmette–Guérin)हो । व्यासिलसले ब्याक्टेरीयाको आकार बुझाउँछ भने
क्यालमेट र ग्यूरिनले यो
खोप पत्ता लगाउने व्यक्तिहरूको नाम बताउँछ ।
बनाबट
यो खोप कमजोर पारिएको
जिवित जिवाणु -Live Attenuated_वाट बनाइएको हुन्छ ।
बि.सि.जि.
खोप सुख्खा धूलो (फ्रिज
ड्राइड पाउडर) रूपमा उपलब्ध हुन्छ । यो २० मात्राको भाइलमा उपलब्ध
हुन्छ ।
भण्डारण
बिसिजी भ्याक्सिनलाई
जिल्ला भन्दा माथि (—) तापक्रममा राख्न सकिने भए
तापनि जिल्ला र त्यसभन्दा
तल्लो तहमा +२० देखि +८०
सेल्सियस बीचको तापक्रममा भण्डारण गर्नुपर्दछ ।
मात्रा र खोप दिने उमेर
यो ०.०५ मि.ली. बच्चा
जन्मनेवित्तिकै देखि एकबर्षको उमेरभित्र एक पटक दिइन्छ ।
खोप तयार गर्ने बिधि
बिसिजी खोप पाउडरको रुपमा
हुने भएकोले यसलाई प्रयोग गर्नु अघि यसको घोलकसँग घोलेर तयार
पार्नु पर्दछ । बि.सि.जी.
खोपलाई घोल्दा बि.सि.जी.कै घोलकसँग मात्र घोल्नुपर्दछ । घोलक १ मि.ली.मा
हुन्छ । यसलाई पुरै तानी
बिसिजी खोपसँग घोल्नुपर्दछ । यो खोप अन्य खोपको घोलक वा डिष्टिल्ड
वाटरसँग घोल्नुहुँदैन ।
यसको घोलक घोल्नु अगाडि भ्याक्सिन र घोलकको तापक्रम समान हुनुपर्छ ।
खोप दिने स्थान
दायाँ पाखुराको माथिल्लो
बाहिरी भाग
खोप दिने तरीका
यो खोप छालामा दिइन्छ ।
खोप दिनु अगाडि शिशुलाई सही आसनमा राखी सूईलाई १५० कोणमा राखी
छालामा दिनुपर्दछ ।
याद गर्नुहोस् !
घोलेको ६ घण्टा पश्चात्
बिसिजी खोप प्रयोग गर्नु हुँदैन । घोलेको ६ घण्टा
नभएपनि खोप सेसन सकिने
बित्तिकै घोलेको खोप फ्याँकिदिनुपर्दछ । घोलेको खोप
अर्को सेसनमा कदापि
प्रयोग गर्नु हुँदैन ।
खोप दिन नहुने अवस्था
1. एच.आई.भी संक्रमित
शिशुहरु
2. सिकिस्त विरामी (तर निको
भइसकेपछि दिनुपर्दछ),
3. कडा कुपोषण (तर पोषणको
अवस्थामा सुधार आइसकेपछि दिन सकिन्छ)
खोपको प्रतिक्रिया
बि Þसि Þजी Þ खोप दिएको ठाउँमा दुख्ने,
सुन्निने, रातो हुने र पाक्ने हुन्छ । जुन पछि आँफै ठीक भएर
जान्छ । तर ग्रन्थी
पाक्ने र बिसिजी खोपको कारणले हाड तथा अन्य अंगमा रोग लाग्ने समस्या विरलै
मात्र देखिन्छ ।
आमा/अभिभावकलाई सुझाब
1. खोप दिएको स्थानमा
माड्नुहुँदैन साथै अन्य कुनैपनि चीज जस्तै तेल साबुन आदि पार्नुहुँदैन ।
2. बि.सि.जी. सुई दिएको
स्थानमा धेरैजसो बच्चाहरूमा प्रतिक्रिया स्वरुप पाक्न जान्छ ।
3. साधारणतया बि.सि.जी. खोप
दिएको स्थानमा सानो डल्लो (फोका जस्तो देखापर्दछ ।
4. सूई लगाएको स्थानमा छाला
पाक्छ र यो २ हप्तासम्म रहनसक्छ । यो सामान्य अवस्था भएकोले
आत्तिनुपर्दैन र आँफै हराएर जान्छ ।
5. खोप पश्चात् छाला पाक्नु
भनेको रोगसँग लड्ने शक्ति प्राप्त गरेको चिन्ह हो ।
श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका २०७०”
श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका २०७०”