परिचय
डि.पि.टी.–हेप बी–हिब खोपले भ्यागुते रोग, धनुष्टंकार, लहरे खोकी र हेपाटाइटिस बी, हेमोफिलस
इन्फ्ल्यूएञ्जा टाइप बी रोगहरू बिरुद्ध सुरक्षा प्रदान
गर्दछ ।
बनाबट
डि.पि.टि.–हेप बी–हिब (भ्यागुते—लहरेखोकी—धनुष्टंकार—हेपाटाइटिस बी र हेमोफिलस इन्फ्ल्यूएञ्जा बी)
Diptheria र Tetanus को Toxin, Pertusis को जिवाणु, Hepatitis B को Surface Antigen को अंश र
Haemophilus Influenza बी जिवाणुको अंशबाट तयार
गरिएको मिश्रित खोप हो । यो तयारी
झोलको रुपमा १० मात्राको भाइलमा उपलब्ध हुन्छ ।
भण्डारण
यो खोपलाई +२० देखि +८० सेल्सियस बीचको तापक्रममा
राख्नुपर्दछ । डिपिटी–हेप बी–हिब चिसो—
सम्बेदनशील -Freeze-Sensitive_खोप भएकोले कहिलै पनि जम्न दिनुहुँदैन ।
मात्रा र खोप दिने उमेर
यो खोप ०.५ मि.ली.मात्रा दिइन्छ । यो पहिलो मात्रा ६
हप्तामा, दोस्रो मात्रा १० हप्तामा
र तेस्रो
मात्रा १४ हप्ताको उमेरमा गरी तीन पटक दिइन्छ ।
खोप तयार गर्ने बिधि
यो खोप तयारी झोलको रुपमा उपलब्ध हुन्छ । प्रयोग गर्नु
भन्दा पहिले हल्लाउनुपर्दछ ।
याद गर्नुहोस्
यदि यो खोप जमेको शंका लागेमा हल्लाएर गरिने जाँच (Shake Test_ बाट भ्याक्सिन जमेको कारणले
गर्दा विग्रेको छ छैन यकिन गर्न सकिन्छ । यदि ‘हल्लाएर गरिने जाँच’ बाट खोप जमेको यकिन भएमा
त्यस खोपलाई प्रयोग गर्नुहुँदैन । त्यस्ता भ्याक्सिनलाई Shake Test को लागि जिल्लामा पठाउने
व्यवस्था गर्ने ।
खोप दिने स्थान
यो खोप बायाँ तिघ्राको माथिल्लो भागमा दिनुपर्दछ ।
खोप दिने तरीका
यो खोप मासुभित्र दिनुपर्दछ । खोप दिनु अगाडि शिशुलाई सही
आसनमा राखी सूईलाई ९०० को कोण
पारी मासुभित्र दिइन्छ ।
आमा/अभिभावकलाई सुझाब
1. सूई दिएको स्थानमा थिच्ने
वा माड्नुहुँदैन ।
2. डि.पी.टी.–हेप बी हिब खोप लिएपछि
प्रायःजसो केटाकेटीहरूलाई सामान्य ज्वरो आउन सक्छ ।
यसरी आएको ज्वरो सामान्यतया आँफै हराएर जान्छ ।
3. खोप लगाएपछि ज्वरो आएमा
वा सुई लगाएको स्थानमा सुन्निएमा प्यारासिटामोल (paracetamol)
दिन सकिन्छ ।
4. खोप लगाएका प्रायःजसो
केटाकेटीहरूलाई सुई दिएको ठाउँमा दुख्ने, रातो हुने अथवा सुन्निने
हुनसक्छ । तर कहिलेकाँही बच्चा ३ घण्टा भन्दा बढी समयदेखि
लगातार रोइरहेमा स्वास्थ्यकर्मीसँग
तत्काल सम्पर्क गर्नुपर्दछ ।
5. यो ३ मात्रा पुरा
गर्नुपर्ने भएकोले अर्कोपटक कहिले आउने र खोप कार्ड सुरक्षित राख्न सुझाव
दिनुपर्दछ ।
श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका २०७०”