पोलियो (Oral Polio Vaccine)


परिचय :
पोलियो खोप पोलियो रोग बिरुद्ध प्रदान गरिन्छ । यो P1, P2P3 तीनै किसिमको जीवित
भाइरसलाई कमजोर बनाई संयुक्त रुपमा तयार गरिएको खोप हो । यो खोप १० वा २० मात्राको
भाइलमा तयारी झोलको रुपमा उपलब्ध हुन्छ ।
बनाबट :
नियमित खोप कार्यक्रममा पोलियो खोप tOPV (P1, P2, P3)मिश्रित) रुपमा उपलब्ध गराइन्छ । यस्तो खोपलाई Trivalent खोप भनिन्छ । अभियानको बेला केबल bOPV (P1,P3)मिश्रित) रुपमा उपलब्ध गराइन्छ, जसलाई Bivalent खोप भनिन्छ । तर कहिलेकाँही एउटा मात्रै भाइरसबाट पाइने रोगको
प्रकोप भएको बेला mOPV (P1वा P3 मध्ये कुनै १) रुपमा प्रयोग गरिन्छ, जसलाई Monovalent खोप
भनिन्छ । हाल नियमित खोप कार्यक्रममा तइएख् खोप प्रयोग गरिँदै आइएको छ ।
भण्डारण :
पोलियो भ्याक्सिनलाई जिल्ला भन्दा माथि (—) तापक्रममा राख्न सकिने भए तापनि जिल्ला र त्यसभन्दा
तल्लो तहमा +२० देखि +८० सेल्सियस बीचको तापक्रममा भण्डारण गर्नुपर्दछ ।
खोपको मात्रा र दिने उमेर :
यो खोप २ थोपाको मात्रामा पहिलो मात्रा ६ हप्तामा, दोस्रो मात्रा १० हप्तामा र तेस्रो
मात्रा १४ हप्ताको उमेरमा गरी तीन पटक मुखबाट दिइन्छ ।
खोप दिने तरीका :
यो खोप २ थोपा रुपमा मुखबाट खुवाइन्छ । कहिलेकाँही मुखबाट पोलियो थोपा खुवाउँदा बच्चाले
तुरुन्तै वान्ता गर्यो भने खोपले काम नगर्न सक्छ । त्यस्तो अवस्थामा शिशुलाई दोहोर्याएर २ थोपा
पोलियो खुवाउनुपर्दछ । डिपिटीहेब बीहिब दिनुभन्दापहिले पोलियो थोपाखुवाउनुपर्छ।
आमा/अभिभावकलाई सुझाव :
यो खोप ३ पटक दिनुपर्ने भएकोले अर्कोपटक कहिले आउने र खोप कार्ड कसरी सुरक्षित राख्ने
बारे सुझाव दिनुपर्दछ ।
श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका २०७०”