परिचय :
यो खोप पोलियो रोग बिरुद्ध प्रदान गरिन्छ । यो खोप सन १९५५ देखी धेरै देश हरु मा प्रयोग हुँदै आएको छ । यो खोप पोलियो
उन्मुलनलाई सफल बनाउन तथा पोलियो खोपबाटै हुने पक्षघातको जोखिमलाई निर्मूलन गर्न र भविष्यमा पोलियो खोपको
प्रयोगलाई अन्त्य गर्ने रणनीति अनुसार प्रदान गरिन्छ । यो खोप सुईको माध्यमबाट दिइन्छ ।
बनाबट
यसमा निष्क्रिय पारिएको पोलियो भाइरस बाट तयार गरिन्छ ।
यसमा Polio type 1,2 र 3 गरि तीनै किसिमको भाइरस मिसिएको हुन्छ । यो खोप १, २ वा १० मात्राको भाइलमा तयारी झोलको रुपमा
उपलब्ध हुन्छ ।
भण्डारण
यो भ्याक्सिनलाई + २ डिग्री देखि +८ डिग्री से. तापक्रममा
भण्डारण गरिन्छ । यो खोपलाई जम्न दिनुहुँदैन ।
खोपको मात्रा र दिने उमेर
यो खोपको मात्रा ०.५ मि.लि हो । यो खोप १४ हप्ताको उमेरमा
दिइन्छ त्यसैले मुखबाट खुवाइने पोलियो खोपको तेस्रो मात्रासँगै दिनुपर्दछ ।
खोप दिने स्थान
यो खोप दायाँ तिघ्रामा दिनुपर्दछ ।
खोप दिने तरीका
यो खोप मासुभित्र -Intra-Muscular_९० डिग्री को कोण पारी दिनुपर्दछ ।
आमा/अभिभावकलाई सल्लाह
यो खोप १ पटक दिनुपर्ने भएकोले मुखबाट खुवाइने पोलियो खोपको
तेस्रो मात्रासँगै दिनुपर्दछ भनी सल्लाह दिने ।
प्रतिकुल असर
यो खोप लगाएपछि सुई दिएको ठाउँमा दुख्ने, रातो हुने, सुन्निने, सामान्य ज्वरो आउने हुन
सक्छ । तर यस प्रकारका लक्षणहरु आँफै हराएर जान्छ ।
श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका २०७०”