पि.सी.भी.(Pneumococcus Conjugated Vaccine)


परिचय
पि.सी.भी खोपले न्यूमोनिया रोग बिरुद्ध सुरक्षा प्रदान गर्दछ ।
बनाबट
पि.सी.भी खोप न्यूमोकोकस नामक व्याक्टेरियाबाट तयार गरिएको खोप हो । यो तयारी
झोलको रुपमा मात्राको भाइलमा तयारी झोल को रुपमा उपलब्ध हुन्छ ।
भण्डारण
यो खोपलाई +२ डिग्री देखि +८ डिग्री सेल्सियस बीचको तापक्रममा राख्नुपर्दछ । पि.सी.भी चिसोसम्बेदनशील
(Freeze-Sensitive_ खोप भएकोले कहिलै पनि जम्न दिनुहुँदैन ।
 मात्रा र खोप दिने उमेर
यो खोप ०.५ मि.ली.मात्रा दिइन्छ ।
यो पहिलो मात्रा ६ हप्तामा, दोस्रो मात्रा १० हप्तामा र तेस्रो मात्रा ९ महिना मा दादुरा-रुबेला सगै  गरी तीन पटक दिइन्छ ।
तयार गर्ने बिधि
यो खोप तयारी झोलको रुपमा उपलब्ध हुन्छ । प्रयोग गर्नु भन्दा पहिले हल्लाउनुपर्दछ ।
यदि यो खोप जमेको शंका लागेमा हल्लाएर गरीने जाँच  बाट भ्याक्सिन जमेको कारणले गर्दा विग्रेको छ छैन यकिन गर्न सकिन्छ । यदि हल्लाएर गरीने जाँचबाट खोप जमेको शंका भएमा त्यस खोपलाई प्रयोग गर्नु हुँदैन र उक्त भ्याक्सिनलाई क्जबपभ त्भकत को लागि तत्काल जिल्लामा फिर्ता गर्नुपर्दछ ।
खोप दिने स्थान
यो खोप बायाँ तिघ्राको माथिल्लो भागमा दिनुपर्दछ ।
 श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका २०७०” ,स्वास्थ्यकर्मिको लागी आइ पि भि , पि सि भि र दादुरा रुबेला खोप कार्य सन्चालन निर्देशिका २०७१