परिचय
यो खोपले दादुरा तथा रुबेला रोग बिरुद्ध सुरक्षा प्रदान
गर्नुका साथै गर्भावस्थामा रुबेला संक्रमण भएमा
कान,
आँखा, मुटु र मस्तिष्कमा आघात
परी कन्जेनिटल रुबेला सिन्ड्रम हुने सम्भावनालाई समेत
जोगाउँछ । दादुरा—रुबेला खोप एउटै भाइलमा पाउडरको रुपमा उपलब्ध छ । यो खोप
प्रयोग
यो खोप जिवित तर कमजोर पारिएको भाइरस -Live
Attenuated Virus_वाट बनाइएको हुन्छ । दादुरा—रुबेला खोप सुख्खा धूलो (फ्रिज ड्राइड पाउडर) रूपमा उपलब्ध
हुन्छ । यो १० मात्राको भाइलमा
उपलब्ध हुन्छ ।
भण्डारण
दादुरा—रुबेला भ्याक्सिनलाई जिल्ला भन्दा माथि (—) तापक्रममा राख्न सकिने भए
तापनि जिल्ला र
त्यसभन्दा तल्लो तहमा +२ डिग्री देखि +८ डिग्री सेल्सियस
बीचको तापक्रममा भण्डारण गर्नुपर्दछ ।
खोप दिने मात्रा र उमेर
यो ०.५ मि.ली. मात्र दिइन्छ । शिशुको उमेर ९ महिनादेखि १
बर्षभित्र एक पटक र दोस्रो मात्रा १५ महिनमा दिइन्छ ।
खोप तयार गर्ने बिधि
दादुरा—रुबेला खोप पाउडरको रुपमा हुने भएकोले यसलाई प्रयोग गर्नु
अघि यसको घोलकसँग घोलेर
तयार पार्नुपर्दछ । दादुरा—रुबेला खोपलाई घोल्दा दादुरा—रुबेलाकै घोलक पुरै तानी
घोल्नुपर्दछ ।
घोलक ०.५ मि.ली.मा हुन्छ । यो खोप अन्य खोपको घोलक वा
डिष्टिल्ड वाटरसँग कदापि घोल्नुहुँदैन ।
यसको घोलक घोल्नु अगाडि भ्याक्सिन र घोलकको तापक्रम समान
हुनुपर्छ ।
खोप दिने स्थान
दादुरा रुबेलाको दुबै खोप बाया पाखुराको माथिल्लो भाग मा दिनु पर्छ ।
खोप दिने तरीका
यो खोप छाला र मासुको बीचमा दिइन्छ । खोप दिनु अगाडि
शिशुलाई सही आसनमा
राखी सूईलाई ४५ डिग्री कोणमा राखी छाला र मासुको -Subcutaneous_दिनुपर्दछ ।
दादुरा रुबेला खोप लगाएपछि हुनसक्ने असर
1. केही बालबालिकामा खोप
लगाएको ४–५ घण्टापछि सामान्य ज्वरो
आउन सक्छ
2.केही बालबालिकामा खोप
लगाएको १ हप्तापछि शरीरमा विमिरा देखापर्न सक्छ
3. करिब १० लाखमा एक जनालाई
Anaphylaxis हुन सक्छ
दादुरा रुबेला खोप दिन नहुने अवस्था
1.पहिला दादुरा खोप लगाउँदा
गम्भिर प्रकारको असर देखा परेको भएमा
2. गर्भावस्थामा
3. एड्सका लक्षण देखा परको
4. उच्च ज्वरो आएको भएमा वा
सिकिस्त विरामी भएको बेलामा यो खोप दिनु हुदैन । तर विरामी सञ्चो
भइसकेपछि यो खोप दिनु हुन्छ ।
आमा/अभिभावकलाई सुझाब
दादुरा रुबेला सुई लगाएका बालबलिकामा सामान्य ज्वरो आउन
सक्छ जुन पछि आँफै ठीक भएर
जान्छ । कोही कोही शिशुहरुमा हलुका रातो खालको बिमिरा र
कम्पन आउनसक्छ । यदि त्यस्तो
अवस्था देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क
राख्नुपर्दछ ।
याद गर्नुहोस्
घोलेको ६ घण्टा पश्चात् दादुरा—रुबेला खोप प्रयोग गर्नु
हुँदैन । घोलेको ६ घण्टा नभएपनि
खोप सेसन सकिने बित्तिकै घोलेको खोप फ्याँकिदिनुपर्दछ ।
घोलेको खोप अर्को सेसनमा कदापि प्रयोग
गर्नु हुँदैन ।
श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका २०७०” ,स्वास्थ्यकर्मिको लागी आइ पि भि , पि सि भि र दादुरा रुबेला खोप कार्य सन्चालन निर्देशिका २०७१
श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका २०७०” ,स्वास्थ्यकर्मिको लागी आइ पि भि , पि सि भि र दादुरा रुबेला खोप कार्य सन्चालन निर्देशिका २०७१