वि.सं.
२०५९ सालदेखि नेपालमा पनि केही विशेष अवस्थामा गर्भपतन गर्न पाउने कानुनले
व्यवस्था गरेको छ । गर्भपतन सम्बन्धी कानुनले बच्चा जन्माउने वा नजन्माउने
निर्णय लिने अधिकार महिलालाई दिएको छ । नयाँ कानुनी व्यवस्थाले सुरक्षित
गर्भपतन सेवा सर्वसुलभ गराई, मातृ मृत्यु र स्वास्थ्य सम्बन्धी जोखिम घटाउन
मद्दत पुर्याएको छ ।
नयाँ कानुनी व्यवस्था अनुसार निम्न अवस्थामा गर्भपतन गर्न पाईन्छ :
१. १२ हप्ता सम्मको गर्भ ।
२. जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ ।
३. गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पर्ने भएमा वा शारीरिक वा मानसिक रूपले स्वास्थ्यमा असर पर्ने अवस्थामा वा विकलाङ्ग बच्चा जन्मन सक्ने अवस्थामा योग्यता प्राप्त चिकित्सकको रायले जुनसुकै अवधिको गर्भ । यदि महिला १६ वर्षमुनिकी भएमा वा होस हवास गुमेकी अवस्थाकी भए गर्भपतन गराउन चाहेमा नजिकको नातेदारको मञ्जुरीनामा आवश्यक हुन्छ ।
निम्न अवस्थामा गर्भपतन गराएमा सजाय हुन्छः
१. गर्भवती महिलाको स्वीकृति बिना । (करकापँ, धम्की ललाईफकाई, झुक्याई वा प्रलोभन दिई)
२. भ्रुणको लिङ्ग पहिचान गरी लिङ्गको आधारमा ।
३. गर्भपतन गर्न कानुनले तोकेको अवस्था र अवधि बाहेक अन्य कुनै पनि अवस्थामा ।
सुरक्षित गर्भपतन भनेको के हो -
कुनै पनि गर्भवती महिलाको मञ्जुरीमा, कानुनले मान्यता दिएअनुसार सूचीकृत स्वास्थ्यकर्मी वा नर्सद्धारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । यसबाहेक अरूबाट लिईएको गर्भपतन सेवा असुरक्षित हुन्छ ।
असुरक्षित गर्भपतन गराउँदा हुनसक्ने समस्याहरूः
१. गर्भपतन पर्णरूपमा नभई बढी रगत बग्ने ।
२. पाठेघरमा संक्रमण हुने ।
३. पाठेघरमा चोटपटक लागेर र पाठेघरनै निकाल्नुपर्ने अवस्था आउन सक्ने ।
४. बाँझोपन हुने ।
५. सधैँभरि तल्लो पेट दुखी रहने ।
६. महिलाको मृत्यु समेत हुन सक्छ ।
सुरक्षित गर्भपतन गर्ने तरिकाहरूः
सुरक्षित गर्भपतन गर्ने दुई तरिका छन्
१. औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन यसमा ९ हप्ता (६३ दिन) सम्मको गर्भलाई औषधिको प्रयोगद्धारा सुरक्षित गर्भपतन गर्न सकिन्छ ।
२. उपकरणको प्रयोगद्धारा गरिने सुरक्षित गर्भपतन १२ हप्तासम्मको गर्भलाई साधारण उपकरणको प्रयोगद्वारा सुरक्षित रूपमा गर्भपतन गर्न सकिन्छ ।

No comments:
Post a Comment