प्रजनन स्वास्थ्य

प्रजनन स्वास्थ्य भन्नाले प्रजनन प्रणाली, यसको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु वा बिरामी नहुनु मात्र नभै शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट समेत पूर्णरूपमा स्वस्थ्य रहनु हो । प्रजनन् स्वास्थ्य अन्तरगत निम्न कुराहरू समेत पर्दछन् ।

1. सुरक्षित यौन जीवन यापन गर्नु ।
2. सन्तान जन्माउन सक्षम हुनु र कहिले र कति जना छोराछोरी जन्माउने भन्ने कुराको आफैँले स्वतन्त्रता पूवक निर्णय गर्न पाउनु ।
3. महिलालाई प्रचलित कानुन विपरित नहुने गरी आफ्नो मासिक चक्र अथवा प्रजननलाई नियमित गराउन सक्ने अधिकार प्राप्त हुनु ।
4. गर्भनिरोधक साधनहरूबारे पूर्ण जानकारी प्राप्त गर्ने तथा आफ्नो खर्चले धान्न सक्ने र प्रभावकारी गर्भ निरोधक साधन स्वतन्त्ररूपले छनौट गर्ने अधिकार प्राप्त हुनु ।
5. महिलाका लागि सुरक्षित रूपमा प्रसूती हुने तथा स्वस्थ शिशु जन्माउनु दम्पत्तिहरूका लागि उपयुक्त स्वास्थ्य सेवाको सुविधा उपलब्ध हुनु ।
साथै लैंगिक समानता, महिला सशक्तिकरण तथा मानिसको जीवनचक्रको प्रत्येक अवस्थामा उपयुक्त स्वास्थ्य सेवा पाउने विषयहरू पनि प्रजनन स्वास्थ्यमा समाहित भएका हुन्छन् ।
निम्न सेवाहरू एकीकृत प्रजनन स्वास्थ्य प्याकेजद्धारा गरिन्छ ।
१  परिवार नियोजन
२  सुरक्षित मातृत्व
३  नवजात शिशु स्याहार
४ गर्भपतनका जटिलताहरूको रोकथाम तथा उपचार
५  जनेन्द्रीयका संक्रमण र यौन तथा एच.आई.भी./एड्स
६ बाँझोपनको रोकथाम तथा उपचार
७ किशोरावस्थामा प्रजनन स्वास्थ्य
८ उमेर ढल्केको, स्कुलजाने उमेरका केटाकेटी र वयस्क महिलाको स्वास्थ्य तथा समस्याहरू
९ लैङ्गकितामा आधारित हिंसा
क) गर्भवती सेवा
आमा र बच्चाको स्वास्थ्यको लागि गर्भवती महिलाले कम्तीमा चार पटक गर्भ जाँच गराउनुपर्छ । चारपटक बाहेक कुनै पनि बेला समस्या देखापरेमा गर्भवती महिलाले नजिकको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ ।
गर्भवतीको जाँच गर्दा गर्नुपर्ने कुराहरूः
1. रक्तचाप जाँच गराउनु पर्छ ।
2. पेटको जाँच गराउनु पर्दछ ।
3. क) गर्भवती भएको ४ महिना लागेदेखि सुत्केरी भएको ६ हप्तासम्म दिनको १ (एक) चककी आईरन चक्की
           खाईरहनु पर्छ ।
    ख) गर्भवती भएको ४ महिना लागेपछि एकचक्की जुकाको औषधी खानुपर्छ ।
४| गर्भवती भएको छैटौं र आठौं महिनामा एक/एक मात्रा टि.टी. खोप लगाउनु पर्छ ।
गर्भावस्थामा गर्भवती महिलाले पोषिलो खाना खानुपर्दछ जस्तै : 
१  हरियो सागपात, पहेंलो फलफूल
२ दुध र दुधबाट बनेका खानेकुराहरू (दुध, दही, घ्यू)
३ माछा, मासु र अण्डा
४ गेडागुडी र अन्नहरू
५ आयोडिनयुक्त नुन
गर्भावस्थामा देखा पर्न सक्ने खतराका लक्षणहरू :
निम्न अनुसारका लक्षणहरू गर्भावस्थामा देखिएका गर्भवती महिलालाई खतरा हुने भएकोले तुरुन्तै स्वास्थ्य संस्थामा गई जाँच गराई उपचार गर्नुपर्दछ ।
1. गर्भवती महिलाको टाउको साह्रै दुखेमा
2. आँखा तिरमिर भएर धमिलो देख्ने भएमा
3. हात र मुख सुन्निएमा
4. कडासँग तल्लो पेट दुखेमा
5. हातखुट्टा अररो भई काम छुटेमा वा मर्ूछा परेमा
6. अलिकति पनि रगत बगेमा
प्रसुती वा बच्चा जन्माउने बेलामा देखा पर्न सक्ने खतराका लक्षणहरू :
तल दिइएका कुनै पनि खतराका लक्षणहरू देखापरेमा महिलालाई तुरुन्तै आकस्मिक प्रसुती सेवा पाईने स्वास्थ्य संस्थामा लगी प्रसुती गराउनु पर्दछ ।
1. १२ घण्टाभन्दा लामो सुत्केरी व्यथा लागेमा
2. पहिला हात वा खुट्टा निस्केमा
3. पहिला नाल निस्केमा
4. हातखुट्टा अररो भई काम छुटेमा वा मर्ूछा परेमा
5. बच्चा जन्माउनु अघि अथवा बच्चा जन्मिसकेपछि पनि धेरै रगत बगेमा
सुरक्षित गर्भावस्थामा प्रसूती र सुत्केरीको लागि गर्भवती महिलाले गर्भावस्थामा नै गर्नुपर्ने तयारीहरू :
1. पैसाको व्यवस्था
2. स्वास्थ्य संस्थामा लैजानको लागि यातायातको व्यवस्था
3. आकस्मिक अवस्थामा रगत दिन सक्ने तीनजना मानिसको व्यवस्था
4. सुत्केरी सामग्रीको व्यवस्था
5. सुरक्षित प्रसुती गराउनु वा आपतकालिन प्रसुति सेवा दिने स्वास्थ्य संस्थाको पहिचान गरिराख्नर्ुपर्छ ।
6. दक्ष स्वास्थ्यकर्मीसँग बच्चा पाउने बेलामा सहयोग लिनको लागि पहिलादेखिनै खबर गरिराख्नु पर्दछ ।
शिशु जन्मिने वित्तिकै गर्नुपर्ने आवश्यक स्याहारहरू :
1. नरम सफा र सुख्खा कपडाले पुछ्ने र अर्काे सफा कपडाले वेरी न्यानो राख्ने ।
2. नाभी काटेपछि नाभीमा कुनै चिज नराखी सुख्खा र सफा राख्ने ।
3. न्यानो पारी आमाको छातीमा टाँसेर राख्ने ।
4. जन्मेको १ घण्टाभित्रै आमाको बिगौती दुध खुवाउने ।
5. जन्मेको कम्तिमा २४ घण्टासम्म ननुहाईदिने ।
नवजात शिशुमा तल दिईएका कुनैपनि खतराका लक्षणहरू देखिएमा उपचारको लागि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
1. छिटो छिटो सास फेरेमा वा सास फर्ेन कठिनाई भएमा ।
2. कडा कोखा हानेमा ।
3. आमाको दुध चुस्न नसकेमा ।
4. धेरै सुतीरहने/सुस्त/वेहोस वा कम चलाई भएमा ।
5. ज्वरो आएमा ।
6. सितांग भएमा ।
7. छालामा पीपका फोकाहरु भएमा/नाइटोमा संक्रमण भई वरपर रातोपना देखिएमा/शरीरमा एउटा खटिरा वा १० वटाभन्दा बढी स-साना पीप भरिएका फोकाहरु देखा परेमा ।
सुत्केरी अवस्थाको जाँच
बच्चा जन्मिसकेपछि आमा र नवशिशुको स्वास्थ्य स्थिति थाहा पाउनु सुत्केरी जाँच गराउनु आवश्यक छ ।
सुत्केरी जाँच निम्न अनुसार गराउनु पर्दछ :
1. महिलाको पूर्ण शारीरिक जाँच गराउनु पर्दछ ।
2. आमालाई ज्वरो आएको छ कि छैन जाँच गराउनु पर्छ ।
3. बच्चाको ज्वरो छ कि छैन श्वास-प्रश्वासको जाँच गराउनु पर्छ ।
4. आमालाई भिटामिन ए एक पटक खान दिने ।
5. बच्चालाई खोप लगाउनु पर्छ ।
6. परिवार नियोजन बारे आवश्यक परामर्श गरी उपयुक्त परिवार नियोजनको साधन छनोट गर्न सल्लाह गर्नु पर्दछ ।
प्रसुती अवस्थामा हुनसक्ने खतराका लक्षणहरू :
तल दिइएका कुनै पनि खतराका लक्षणहरू देखापरेमा सुत्केरी महिलालाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ ।
· ज्वरो आएमा
· योनीबाट गन्हाउने पानी बगेमा वा तल्लो पेट दुखेमा
· धेरै रगत बगेमा (२ वटाभन्दा बढी टालो पूरै भिजेमा वा चोक्टा चोक्टा रगत बगेमा)
· टाउको साह्रै दुखेमा
· हात खुट्टा अररो भई मूछा परेमा ।