प्रा.स्वा.के.बाट सञचालित कार्यक्रम

१) परिवार नियोजन:
अस्थायी साधन:
महिलाहरुको लागि:
डिपोप्रोभेरा (तीन महिने सुई, पिल्स चक्की, आई.यु.डि.(पाठेघर भित्र राख्ने), इम्प्लान्ट
(पाखुरामा राख्ने)
पुरुषहरुको लागि अस्थायी साधन:- कण्डम।


२) खोप:-


(क) बि.सि.जि, डि.पि.टि., हेपाटाइटिस बि, हिब, पोलियो, र दादुरा खोप (क्षयरोग, भ्यागुतेरोग, लहरेखोकी, हेपाटाइटिस बि, मेनिन्जाइटिस, निमोनिया, र दादुरा रोग विरुद्धकखोप एक वर्ष मुनिका बच्चाहरुको लागि ।
(ख) जे.इ.खोप जापानिज इन्सेफलाइटिस रोग विरुद्ध एक वर्ष देखि दुइ वर्षका बच्चाहरुको लागि ।
(ग) टि.टि.खोप धनुष्टंकार रोग विरुद्ध गर्भवती महिलाहरुको लागि ।
यी खोपहरु प्रत्येक गा।वि।स। भित्र संचालन हुने नियमित खोप केन्द्रहरुमा उपलब्ध छ ।
(घ) राष्ट्रिय खोप अभियानः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम

३.पोषण:-

भिटामिन ए, आइरन चक्की, बृद्धि अनुगमन, जुकाको औषधि वितरण।

४) सुरक्षित मातृत्व :-
गर्भवती सेवा, प्रसुती सेवा, उत्तर प्रसुती सेवा, प्रेषण सेवा ।  प्रा.स्वा.के. मा सुत्केरी भएमा रु ५००।– यातायात खर्च र चार पटक
गर्भवती जाच गरे बापत रु ४००।– समेत उपलव्ध छ।  
गर्भपतन सेवा पनि उपलव्ध छ।  

५) क्षयरोग निदान तथा उपचार सेवा।
६) कुष्ठरोग निदान तथा उपचार सेवा।
७) श्वास प्रश्वास रोग व्यवस्थापन।
८) झाडा पखाला रोग व्यवस्थापन।
९) महामारी रोग व्यवस्थापन।
१०) उपचार सेवा।
११) निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम।
  प्राथमिक स्वास्थ्य केन्द्र वाट निःशुल्क सेवा र औषधिहरु आम नागरिकलाई निःशुल्क ।
१२) स्वास्थ्य शिक्षा प्रवर्धन कार्यक्रम।

१३) एच.आईं.भी. तथा यौनरोग नियन्त्रण कार्यक्रम।
१४) गाउंघर क्लिनिक कार्यक्रम :- परामर्श, प.नि.साधन, स्वास्थ्य शिक्षा, सामान्य उपचार । 

१५ ) महिला स्वास्थ्य स्वयंसेवक कार्यक्रम। 
१६) औलो रोग निदान , नियन्त्रण रोकथाम र उपचार । 
१७ ) अन्य कार्यक्रम :-
सुपरिवेक्षणरअनुगमन, समन्वय, औषधी सामाग्री आपुर्ति, अभिलेख तथा प्रतिवेदन, सेवाको विस्तार एवं स्वास्थ्य सुचनाहरु स्थानिय निकाय (जि.वि.स., नगरपालीका, गा.वि.स.,सरकारी कार्यालय, र्गैर सरकारी तथा नीजी संस्था ) संग समन्वयात्मक कार्यक्रम तथा सेवा दवारा जनस्वास्थ्य सेवाको विस्तार एंव सुदृढीकरण । 

१८ ) आवश्यकता अनुसार प्रर्वधनात्मक थप कार्यक्रमहरु ।