परिचय
न्यूमोकोकल कञ्जुगेट भ्याक्सिनले (पी.सी.भी.) स्ट्रेप्टोकोकस न्यूमोनिया, मेनिन्जाइटिस् र व्याक्टेरेमिया रोग बिरुद्ध सुरक्षा प्रदान गर्दछ ।
बनाबट
यो भ्याक्सिन निष्क्रिय पारिएको स्ट्रेप्टोकोकस न्यूमोनिबाट बनाइएको हुन्छ । यो कञ्जुगेट भ्याक्सिन हो र पी.सी.भी. १० र पी.सी.भी. १३ गरी २ प्रकारमा उपलब्ध छन् ।
यो तयारी झोलको रुपमा १ वा २ मात्राको भाइलमा उपलब्ध हुन्छ ।
भण्डारण
यो खोप चिसोसँग सम्बेदनशील
-Freeze-Sensitive_ भएकोले +२ देखि +८ डिग्री से. तापक्रममा भण्डारण गर्नुपर्दछ र यो खोप कहिल्यै पनि जम्न दिनुहुँदैन । यसलाई आइसप्याक कण्डिशनिङ गरेर मात्र वितरण गर्नुपर्दछ ।
मात्रा र खोप दिने उमेर
यो खोप ०.५ मि.ली.मात्रामा दिइन्छ । यो भ्याक्सिन पहिलो मात्रा ६ हप्ता, दोस्रो मात्रा १४ हप्ता र तेस्रो मात्रा
९ महिनाको उमेरमा गरी तिन पटक दिइन्छ । (६ हप्ता र १४ हप्तामा डिपिटी—हेप बी—हिब सँगै र ९ महिनामा
दादुरा रुबेला खोपसँगै प्रदान गरिन्छ )
तयार गर्ने बिधि
यो भ्याक्सिन प्रयोग गर्नु भन्दा पहिले हल्लाउनुपर्दछ ।
खोप दिने स्थान
पी.सी.भी पहिलो र दोस्रो मात्रा दायाँ तिघ्रामा र तेस्रो मात्रा बायाँ तिघ्रामा दिनुपर्दछ । यदि दुईवटा खोप एकै
पटकको सेसनमा दिनुपर्दा फरक तिघ्रामा दिनुपर्दछ ।
खोप दिने तरीका
यस खोप मासुभित्र
-Intra-Muscular_ ९० डिग्री को कोण पारी दिनुपर्दछ ।
आमा÷अभिभावकलाई सुझाब
1. पि.सी.भी खोप लिएपछि शिशुलाई ज्वरो आउन सक्छ र आँफै हराएर जान्छ ।
2. सुई दिएको ठाउँमा दुख्ने, रातो हुने र सुन्निने हुनसक्छ ।
3. खोप लगाएपछि ज्वरो आएमा वा सुई लगाएको स्थानमा सुन्निएमा प्यारासिटामोल (Paracetamol) दिन
सकिन्छ ।
4. शिशु लगातार ३ घण्टा भन्दा बढी रोइरहेमा स्वास्थ्यकर्मीसँग तत्काल सम्पर्क गर्नुपर्दछ ।
5. यो भ्याक्सिन ३ मात्रा पुरा गर्नुपर्ने भएकोले र खोप दिने तालिका फरक हुने भएकोले प्रत्येक मात्रा
दिएपछि अर्कोपटक आउने दिन, समय, स्थान बारे जानकारी दिनुपर्दछ
6. खोप कार्ड सुरक्षित राख्नेबारे सल्लाह दिनुपर्दछ ।
Source :खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुका लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका २०७०

No comments:
Post a Comment