बहुमात्रा भ्याक्सिन (Multi-dose) भायलको प्रयोग गर्ने नीतिमा पर्ने भ्याक्सिनहरु
डि.पी.टी, हेप बी, हिब, टी.टी. तथा ओ.पि.भि.
यी भ्याक्सिनहरु बढीमा चार हप्ता भित्र अर्को पटकको सेसनमा निम्न अवस्थाहरु ठिक दुरुस्त पाइएमा
प्रयोग गर्न सक्ने छन् ।
1. भ्याक्सिनको मिति (म्याद) ननाघेको भएमा ।
2. भ्याक्सिन भण्डारणमा उपयुक्त तथा कोल्ड चेनको राम्रो स्थिति भएमा ।
3. भ्याक्सिन भायलको ढकनी पानीमा नडुबेको भएमा ।
4. भ्याक्सिन भायलबाट सिरिञ्जमा भ्याक्सिन तान्दा सुरक्षित विधि अपनाइएको भएमा ।
5. भ्याक्सिन भाएलमा लेवल भएमा र ख्ख्ः को अवस्था ठिक दुरुस्त देखिएमा ।
वि.सि.जी., दादुरा र जे.ई. बहुमात्रा भाइल नीतिमा पर्दैन
घोलिएको वि.सि.जी. र दादुरा खोप बचाएर राख्न हुँदैन । एक पटक घोलिएको भ्याक्सिन सेसनको अन्त्यमा
विसर्जन गर्नुपर्छ अथवा बढीमा ६ घण्टा भित्रमा प्रयोगमा ल्याउने ।
सुरक्षित सुई सम्बन्धि राष्ट्रिय खोप नीति
यो नीति अन्तर्गत सुई लिने, दिने व्यक्ति तथा समुदायमा प्रयोग भएको सुईले हानी नहोस् भनी सुरक्षित सुईको नीति लागू गरिएको हो । जस अनुसार निम्न प्रक्रिया अपनाइन्छ ।
क) स्वतः अशक्त हुने सुईहरुः
सबै खोपित भ्याक्सिनहरु स्वतः अशक्त हुने सुईहरुद्धारा दिइनेछ । निम्न लिखित सुईहरुको प्रयोग
गर्दै नियमित र अरु खोप कार्यक्रमहरुमा पुनः प्रयोग गर्न सकिने सुइहरु विस्थापित गरिनेछ ।
1. ०.५ मि.लि. को सिरिञ्ज डि.पि.टि., हेपाटाइटिस बी., दादुरा र धनुष्टंकारको लागि
2. ०.१ मि.लि. को सिरिञ्ज बि.सि.जि. खोपको लागि
घोलक सिरिञ्ज निम्न खोपको लागि प्रयोग गर्नेः
1. २ मि.लि. सिरिञ्ज बि.सि.जि. घोल्नलाई
2. ५ मि.लि. सिरिञ्ज दादुरा घोल्नलाई
ख) प्रयोग भएका सुईहरु र सिरिञ्जको विसर्जनः
सबै प्रयोग भएका स्वतः अशक्त हुने सुईहरु र निर्मलिकरण गर्न सकिने सुईहरु सुरक्षित बाकसमा राख्ने । स्वास्थ्य कार्यकर्तालाई स्वतः अशक्त गर्न सकिने सुईहरु भएको बाकस दिने । स्वास्थ्य कार्यकर्ताले प्रयोग भै सकेका सुइहरुलाई टोपीलगाउँदा हुन सक्ने खतराबाट जोगिन सुईको टोपी नलगाउने ।
ग) सुरक्षित बाकसलाई कसरी विसर्जन गर्नेः
यदि स्वास्थ्य संस्थामा इन्सिनिरेटर उपलब्ध छ भने स्वास्थ्य कार्यकर्ताले प्रयोग भइसकेका सुईहरु राखिएको सुरक्षित बाकस इन्सिनिरेटरमा राखी जलाउने । यदि उपलब्ध छैन भने, उपयुक्त ठाउँमा खाल्डो खनी जलाउने, जलेर बाँकि रहेको बाकसको डल्लो खाल्डो खनि गाडने । यति गरिसकेपछि मात्र सम्बन्धित स्वास्थ्य संस्थाको इन्चाज ले सुरक्षित बाकसलाई सुरक्षित तवरले जलाएको र गाडेको हो भनी प्रमाणित गर्नुपर्छ ।
Source : STANDARD TREATMENT PROTOCOL FOR HEALTH POSTS AND SUB HEALTH POSTS 2070

No comments:
Post a Comment