संसारमा शायदै त्यस्तो व्यक्ति होला जसलाई जिन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस् ।
रुघाको लागि झण्डै २ सय प्रकारका जीवाणुहरू (भाइरस) जिम्मेवार हुन्छन् ।
घरमा वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ
गर्दा उडेका स–साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने
सम्भावना हुन्छ । अझ प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा
रुघा लाग्ने सम्भावना बढी हुन्छ ।
रुघा लागेको व्यक्ति कोठाका झ्याल–ढोका लगाएर बस्दा जीवाणुहरू त्यही“
रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ । कहिले कुनै त कहिले कुनै
प्रकारको जीवाणुको कारणले रुघा फैलिने भएकाले यसको विरुद्ध खोप तयार पार्न
पनि गाह्रो छ ।
संसारका सबैलाई कुनै न कुनै बेला यो रोगले समाते पनि चट्टै निको हुनेगरी
कुनै औषधि बनाउन सकिएको छैन । कतिले एण्टिबायोटिक खान्छन्, कतिले
विज्ञापनमा देखाएजस्तो चक्की खान्छन् । तर, रुघा निको पार्ने औषधि छैन ।
यसले ठूलै समस्या नल्याओस् भन्नका लागि केहि रक्षात्मक उपाय अपनाउन सकिन्छ र
समस्या भइसकेपछि पनि केहि साधारण उपाय अपनाउन सकिन्छ ।
रुघा लागेको व्यक्तिको संसर्ग नगर्ने :
रुघा लागेका व्यक्तिको नजीक वा मुखामुख हुने गरी बस्नु हुँदैन । यदि बस्नु
परेमा मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ । यसै गरी रुघा संक्रमित
व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नुहु“दैन ।
भिटामिन सी :
अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलहरूको प्रयोगले शरीरमा
भिटामिन सीको आपूर्ति हुन सक्छ । भिटामिन सीले शरीरको रोगस“ग लड्ने शक्ति
बढाउँछ ।
आराम र पानी :
रुघा लाग्नुभन्दा अघि धेरै जना नाक र घा“टीमा के–के खसखस भएजस्तो हुन्छ
भन्ने गर्छन् । यस्तो किसिमको अनुभव हुनेबित्तिकै आराम गरेर पर्याप्त
मात्रामा पानी (विशेष गरी कागती हालेर) पिउनुपर्छ ।
पानीको पर्याप्त प्रयोगले जीवाणुहरू पिशाबबाट चा“डै बाहिर निस्कन्छन् ।
पानी पिउन मन नलागे तरकारीको तातो सूप प्रशस्त मात्रामा पिउनुपर्छ । रुघा
लाग्दा प्रायः खानामा रुचि घट्ने हुनाले सूपको प्रयोग गर्नाले शरीरलाई
चाहिने केहि पोषण तत्व पनि प्राप्त गर्न सकिन्छ । यस्तो बेलामा शारीरिक
रूपमा धेरै थाक्ने काम चाहि“ गर्नुहुन्न ।
घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नुन हालेर घा“टीमा गारगल (कुल्ला)
गरेमा दुखाइ निकै कम हुन्छ । सम्भव भए दिनमा ५–६ चोटि, त्यो नभए दुखेको र
थुक निल्न गाह्रो भएको बेला कुल्ला गर्नुपर्छ । यसले घा“टीको दुखाइ र
सङ्क्रमण पनि कम गर्छ । पानीमा अलिकति ज्वानो हालेर कुल्ला गर्दा पनि फाइदा
गर्छ ।
मह र कागती :
घाँटी दुखेका बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले तीनओटा फाइदा
हुन्छ । शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ । महले
थोरै भएपनि क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केहि कम गर्छ । धेरैले यसमा
अदुवाको टुक्रा पनि हाल्छन् । अदुवा पानीको भिन्नै का“ढा बनाएर पनि प्रयोग
गर्न सकिन्छ ।
तातो पानीको वाफ :
सम्भव भएमा त पूरा जीउ नै तातो पानीको वाफमा राख्न सके वा तातो पानीमा बस्न
सके शरीरले आनन्द पाउने मात्र होइन, रुघा लाग्दा सूक्ष्म जीवाणुहरूको
विषको कारणले दुखेको मासंपेशीलाई पनि धेरै फाइदा हुन्छ ।
पानी उमालेर वाफ लिन पनि सकिन्छ । कतिपयले पानीमा बास्ना आउने सञ्चो या
टिञ्चर बेञ्जिन पनि हाल्छन् । यसरी वाफ लिँदा नाकमा बास्ना आई सु“घ्न आनन्द
आउने र वाफले नाक खोल्ने हु“दा सास लिन सजिलो हुन्छ ।
औषधि
रुघा लाग्दा प्रयोग गर्ने खासै औषधि त छैन, तर टाउको दुखेको, जीउ दुखेको,
ज्वरो आएको कम गर्न सिटामोल जस्ता औषधिहरू प्रयोग गर्न सकिन्छ । यसले आराम
पुर्याएर राम्ररी सुत्न सकियो भने पनि भोलिपल्ट जीउलाई धेरै आराम हुन्छ ।
घरेलु औषधि :
तुलसीको पात र दानालाई २–३ गिलास पानीमा उमालेर आधा गिलास भएपछि पिउनाले
धेरै फाइदा गर्छ । घरैमा पाइने तुलसीको पात आजकल चियाका रूपमा पनि बजारमा
आउन थालेको छ ।