हाम्रो दाँत र मुखले आफ्नो समस्या बोलेर बताउन सक्दैनन् । तर दाँत वा मुखमा
हुने विभिन्न पीडादायी समस्यालाई मौन रोदनमार्फत भने प्रकट गरिरहेका
हुन्छन् । दन्तविशेषज्ञले दाँत र मुखसम्बन्धी पीडादायी सात वटा समस्याका
बारेमा दिएको जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
१. गिजामा रक्तस्राव हुने, रातो हुने वा सुन्निने
न्युयोर्कस्थित दन्तचिकित्सक पिया लिएव (एमडी, डीडीएस) गर्भधारण वा हर्मोन
परिवर्तन हुने अन्य अवस्थामा साइड इफेक्टको कारण यस्तो समस्या आउने
बताउँछन् । ब्याक्टेरिया जम्मा हुँदा पनि यस्तो हुन सक्ने र सफासँग दाँत
माझ्दा एक–दुई दिनमै ठीक भएमा चिन्ता लिनु नपर्ने तर एक साताभन्दा लामो
समयसम्म समस्या रहिरहेमा चिकित्सककहाँ जानुपर्ने बताइएको छ ।
यदि केही खानेकुरा टोक्दा एउटा वा अन्य केही दाँत तीव्ररुपमा दुख्ने गरेको छ
भने तपाईंको दाँत कुहिएको वा प्वाल परेको हुन सक्ने वासिङटनकी डा.
स्याल्ली क्र्याम बताउँछिन् । उनका अनुसार खानामा भएको चिनीलाई एसिडमा
परिणत गर्ने एक विशेष किसिमको ब्याक्टेरियाका कारण यो समस्या आउँछ ।
३. मुखभित्र पोल्ने
बढी अमिलो र मसालादार खाना खाँदा वा तात्तातो खाना खाँदा मुखभित्र पोल्ने
डा. वर्थ बताउँछन् । यदि एक–दुई दिनमै ठीक भएमा खासै समस्या नहुने तर लामो
समयसम्म दुख्ने वा पोल्ने भइरहेमा त्यो भिटामिन ‘ए’को कमीको लक्षण भएको उनी
बताउँछन् । त्यस्तो अवस्थामा सखरखण्ड, गाजरजस्ता प्रचुर मात्रामा भिटामिन
‘ए’ पाइने खाना खानुपर्ने बुझिएको छ ।
४. अलि–अलि दुखिरहने
दाँत केही दिन अलि–अलि दुखेमा त्यसै पनि ठीक भएर जाने तर एक साताभन्दा लामो
समयसम्म असह्य पीडा भएमा दाँतको जरैमा संक्रमण भएको हुन सक्ने र त्यसबाट
गिजा–ग्ल्यान्डसमेत सुन्निन सक्ने भएकाले तत्कालै चिकित्सकको सल्लाह
लिनुपर्ने डा. वर्थ बताउँछन् ।
५. दाँत पहेँलो वा दागयुक्त हुने
यो कुनै ठूलो समस्या नभएको र चिया, कफी, वाइन वा अन्य गाढा पेय अर्थात् दाग
लाग्ने तरल पदार्थ सेवन गर्दा यस्तो हुन सक्ने डा. वर्थ बताउँछन् । यस्तो
भएमा ह्वाइटेनिङ टुथपेस्ट प्रयोग गर्ने वा दाग लाग्न सक्ने तरल पदार्थ सेवन
गरेलगत्तै दाँत सफा गर्नु उचित हुने उनको सल्लाह छ । बाल्यकालमा
टेट्रासाइक्लिन वा अन्य औषधिको प्रयोगबाट पनि यो समस्या आउन सक्ने हुँदा
दन्तचिकित्सकले सजिलै समाधान गर्न सक्ने डा. क्रइम बताउँछिन् ।
लामो समयसम्म दाँतको राम्रो सफाइ र हेरचाह नगर्नाले दाँतमा रहेका
ब्याक्टेरियाले दाँतमा निर्माण गर्ने प्लेक्यु नामक पातलो तहको कारण यो
समस्या आउने चिकित्सकहरु बताउँछन् ।
यदि चिसो वा तातो पेयपदार्थ पिउँदा वा चिसो हावामा श्वास फेर्दा गिजा वा
दाँतको छेउछाउ दुख्छ भने दाँतमा खाल्डो भएको वा प्वाल परेको हुन सक्ने डा.
क्र्याम बताउँछिन् । ब्याक्टेरिया, कडा ब्रस वा बेस्सरी दाँत माझ्दा पनि यो
समस्या आउने बताइएको छ । केही खाना, औषधि वा नमिल्ने गरी लगाइएको माउथ
गार्डका कारण दुखाइसँगसँगै राता वा सेता थोप्लाहरु पनि देखिँदा मुखको
क्यान्सरको लक्षण हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताइएको छ ।