परिचय
शरीरको तापक्रममा असर पार्ने तत्वहरु:
तापक्रमका प्रकारहरु
कारणहरु
लक्षण तथा चिह्नहरु
जाचहरु
ज्वरोका किसिमहरु
ज्वरोका अन्य कारणहरु
उपचार
आवश्यकताअनुसार बिरामीलाई सुविधासम्पन्न अस्पतालमा पठाउनुपर्ने हुन सक्छ ।
भाइरल फिभरको संक्रमण हूल, भेला, स्कुल, होस्टेल आदिमा व्यापक हुनाले सकेसम्म संक्रमितलाई बेग्लै राख्नु राम्रँ हुन्छ ।
सारांश
भाइरल ज्वरो भन्नाले शरीरमा विभिन्न प्रकारका विषाणुको संक्रमण भएर शरीरको
तापक्रम बढ्ने अवस्था हो । यस्तो संक्रमणमा लक्षण तथा चिह्नहरुका आधारमा
केही विषाणुको पहिचान गर्न सकिए पनि धेरै विषाणुहरुको एकैसाथ संक्रमण भएको
अवस्थामा पहिचान गर्न कठिन हुने गर्दछ । संसारैभर जुनसुकै उमेर समूहका
मानिसलाई पनि भाइरल ज्वरोले आक्रमण गर्न सक्दछ । साधारण तथा भाइरल ज्वरोहरु
ठीक हुन्छन् तर केही चाहिँ अति खतरनाक भई मानिसको मृत्यु पनि हुन सक्छ ।
शरीरको प्रतिरक्षा प्रणालीको आधारमा भाइरल ज्वरोले देखाउने लक्षण, चिह्न र
जोखिमहरु फरक–फरक हुन सक्दछन् । बुभ्नुपर्ने कुरा के हो भने ज्वरो खास कुनै
रोग होइन, यो त अर्को विशेष रोगको लक्षणमात्र हो ।
शरीरको तापक्रममा असर पार्ने तत्वहरु:
तापक्रम लिने ठाउँ
मौसम
शारीरिक व्यायाम
समय
उमेर समूह
तापक्रमका प्रकारहरु
लो ग्रेड फिभर ३८–३९ डिग्री सेल्सीयस
मोडरेट फिभर ३९–४० डिग्री सेल्सीयस
हाईग्रेड फिभर ४०–४१ डिग्री सेल्सीयस
हाइपर पाइरेक्सीया ४२ डिग्री सेल्सीयस वा सोभन्दा माथिको अवस्था
प्रायसः भाइरल ज्वरोको संक्रमण हावा, पानी तथा खाना र प्रत्यक्ष सम्पर्कका
कारणबाट हुने गरेको पाइन्छ । अब संक्रमण विस्तारै रगत तथा लसिका प्रणालीमा
पुग्दछ । भाइरसको प्रकृतिअनुसार शरीरमा संक्रमण भएको केही दिनदेखि केही
हप्तामा यसका लक्षण तथा चिह्नहरु देखिन्छन् । मानिसको प्रतिरक्षा प्रणाली
उसको दैनिक स्वास्थ्य गतिविधिअनुसार फरक–फरक लक्षण तथा चिह्नहरु देखिन्छ ।
लक्षण तथा चिह्नहरु
शरीरमा विषाणु प्रवेशपछि विस्तारै थकान र आलस्यपन बढेर जान्छ । विस्तारै
पूरै जीउ दुख्न थाल्छ । मांशपेशीहरु कटकट खान्छ र ज्वरोको शुरुआत हुन्छ ।
ज्वरो साधारणदेखि उच्च तापमानसम्मको आउन सक्छ । केही दिनभित्रमा नाकबाट
सिँगान बग्ने, रुघामर्गीले टाउको दुख्ने, आँखा रसिलो हुने, खोकी लाग्ने,
खाना निल्न गाह्रो हुने, जोर्नी दुख्ने, खोक्दा छाती दुख्ने लक्षणहरु थपिएर
जान्छन् । केही–केही भाइरल ज्वरो असामान्य प्रकृतिका भेटिन्छन्, जसमा
उल्टी हुने, झाडा हुने, जन्डिस हुने गर्दछन् ।
जाचहरु
रगत, दिसा, पिसाब, एक्सरे आदिका रिपोर्टहरु प्रायः राम्रा नै हुन्छन् ।
यसको पहिचान गर्ने तरिका मुख्य रुपमा बिरामीसँग गरिने छलफलहरु नै हुन् तर
यसो भन्दैमा के रगत, दिसापिसाबलगायतका जाँच नगराउने हो त भन्ने प्रश्न
उब्जिनु पनि स्वाभाविक हो । पक्कै पनि चिकित्सकको सल्लाहमा त्यस्ता
परीक्षणहरु आवश्यक हुन्छन् । हामीले के बुभ्mनुपर्दछ भने भाइरल ज्वरोले
संक्रमणका बेला टाइफाइड, मेनिन्जाइटिस, औलो आदि भएको रहेछ भने साधारण तया
प्रतिजैविक औषधि (एन्टीबायोटिक) को प्रयोग नगर्दा बिरामीको मृत्यु पनि हुन
सक्दछ ।
ज्वरोका किसिमहरु
कन्टीनियस फिभरः हाइग्रेड फिभर लगातार आइरहने, तापक्रम तलमाथि परिवर्तन नहुने अवस्था हो । निमोनियाहरुमा यस्तो प्रकारको ज्वरो हुन्छ ।
रेमिटेन्ट फिभरः शरीरको तापक्रम सामान्यभन्दा बढेको अवस्था, जसमा
दुई डिग्री फरेनहाइट तापक्रम दिन र रातमा फरक हुने गर्दछ । तथापि शरीरको
सामान्य तापक्रममा भने फर्कने अवस्था रहँदैन । टाइफाइड (म्यादे ज्वरो) मा
यस्तो प्रकारको ज्वरो आउँछ ।
इन्टरमिटेन्ट फिभरः शरीरको तापक्रम कहिले एक्कासी बढ्ने त कहिले
सामान्यभन्दा तल झर्ने हुन्छ तर शरीरको तापक्रम दिनमा वा रातमा जुनसुकै
समयमा बढ्न सक्ने हुन्छ । औलोमा यस्तो प्रकारको ज्वरो आउँदछ ।
ज्वरोका अन्य कारणहरु
टाइफाइड, ग्यास्ट्रोइन्टेराइटिस, टन्सीलाइटिस, न्युमोनिया, मध्य कानको
संक्रमण, दादुरा, औलो, क्षयरोग, मेनिन्जाइटिस, पिलो तथा छालाको संक्रमण,
बाथ ज्वरो, युटीआई, मृगौलाको संक्रमण, क्यान्सर औषधि तथा लागूऔषध आदिको
प्रयोग ।
उपचार
ज्वरोलाई सामान्य तापक्रममा ल्याउनु अति आवश्यक हुन्छ नत्र यसले
मस्तिष्काघात पनि गर्न सक्छ । बिरामीले ओढ्ने ओढेको छ भने हटाइदिने,
लुगाफाटा खोल्न लगाउने, चिसो पानीपट्टीको प्रयोग गर्ने, पंखाहरु चलाइदिने र
उसलाई शीतल पार्न प्रयास गर्ने, आइसप्याकहरु काखी, काछ र घाँटीको पछाडि
राखेर तापक्रम घटाउन सकिन्छ । ज्वरो आउने मानिसको शरीरबाट धेरै पसिना
निस्कन्छ, जसले गर्दा शरीरबाट धेरै तरल पदार्थ नष्ट हुन्छ । शरीरबाट धेरै
तरल पदार्थ कम हुँदा प्रणालीगत समस्याहरु देखा पर्न सक्छन् । तसर्थ,
व्यक्तिलाई प्रशस्त मात्रामा चिसो झोल पदार्थहरु खुवाउनुपर्दछ । बिरामीले
खान नसके नशाको माध्यमबाट तरल पदार्थ दिइन्छ ।हाम्रो गाउँसमाजमा ज्वरो आएमा
भ्याल–ढोका थुनेर गुम्स्याएर राख्ने गरेको पाइन्छ । यस्तो गर्नु हँुदैन ।
बिरामी बसेको कोठाका भ्mयालहरु खोली हावा आवतजावत गरेको हुनु पर्दछ
।बिरामीलाई ज्वरो कम गर्र्ने औषधिहरु जस्तैः पारासिटामोल, निम्स आदि प्रयोग
गर्नुपर्दछ । माथि उल्लेख ज्वरोका कारण भाइरल फिभरमात्र नभई अरु पनि हुने
भएकाले स्वास्थ्यकर्मीको सल्लाहमा आवश्यक जाँच गर्ने, प्रतिजैविक औषधिको
प्रयोग गर्ने गर्नुपर्दछ ।
आवश्यकताअनुसार बिरामीलाई सुविधासम्पन्न अस्पतालमा पठाउनुपर्ने हुन सक्छ ।
भाइरल फिभरको संक्रमण हूल, भेला, स्कुल, होस्टेल आदिमा व्यापक हुनाले सकेसम्म संक्रमितलाई बेग्लै राख्नु राम्रँ हुन्छ ।
सारांश
अहिलेको समयमा भाइरल ज्वरोबाट पीडित व्यक्ति नभएको घर सायदै होला । तसर्थ, सबैले उचित मनन र कार्यान्वयन गर्नु आवश्यक छ ।