बहू औैषधी प्रतिरोध क्षयरोगका विरामीको उपचार व्यवस्थापन
(MDR
TB Treatment Management)
बहु औषधी प्रतिरोध
क्षयरोग व्यवस्थापन कार्यक्रम, बहू
औषधी प्रतिरोध क्षयरोगका
बिरामीलाई उपचार व्यवस्थापनको लागी
दोश्रो पंक्तिको उपचार पद्धति
हो । यस
अन्तर्गत औषधिको संवेदनशिलता जाँच
गर्दा बहू औषधि
प्रतिरोध पाईएका अथवा CAT 2 उपचार
असफल तथा पूनः
उपचारमा रहेका बिरामीहरु पर्दछन
। MDR उपचार व्यवस्थापन
कार्यक्रम नेपालमा सन् २००५
देखि देशका ५
विकास क्षेत्रमा १÷१ उपचार
केन्द्रबाट लागु गरिनुको
साथै भविष्यमा आवश्यकता
अनुसार यो कार्यक्रम
अन्य जिल्ला तथा
उपचार केन्द्रमा बिस्तार
गर्दै जाने लक्ष्य
रहेको छ ।
MDR TB Treatment Management का कार्यत्र्रक्रमको लक्ष्यहरु ः
नेपालमा संचालन हुने बहु
औषधि प्रतिरोध क्षयरोगको
उपचार व्यवस्थापन कार्यक्रमको
मुख्य लक्ष्य भनेको
जीर्ण (क्रोनिक) खालका क्षयरोगका
बिरामीहरुबाट रोग सर्न
कम गरी मृत्यु
तथा बिरामीहरुको संख्यामा
कमि ल्याउनु हो
। हाम्रो राष्ट्रिय
सर्भे अनुसार प्रत्येक
१० जना यस्ता
जीर्ण खालका बिरामीहरु
मध्ये ९ जनामा
एम.डि.आर.
टिवी देखिएको छ
।
MDR TB Treatment Management का कार्यत्र्रक्रमको उद्देश्यहरु ः
1 Multi Drug Resistance TB हुन
बाट बचाउने ।
2 Poly Resistance TB हुन
बाट बचाउने ।
3 Mono Resistance TB हुन
बाट बचाउने ।
4 Extensively Drug Resistance TB हुन
बाट बचाउने ।
MDR
TB Treatment Management Centre: यस
अन्तर्गत बिरामीको उपचार गर्ने,
खकार संकलन गरी
परीक्षण गर्ने, बिरामीको उपचार,
अनुगमन गर्ने र औषधीको
प्रतिअसरको व्यवस्थापन गरिन्छ ।
MDR TB Treatment Management Subcentre: यस अन्तर्गत बिरामीको उपचार
गर्ने काम मात्र
गरिन्छ र आवश्यक
भएमा औषधीको प्रतिअसर,
खकार संकलनको लागि
MDR
TB Treatment Management Centre मा
प्रेषण (Refer) गर्ने । (बहू
औषधि प्रतिरोध क्षयरोग
उपचारको अबधि पहिलो
चरण ८ देखि
१२ महिना र
दोस्रो चरण १२
महिनासम्मको हुन सक्छ)।
क. बहु औषधि प्र्रतिरोध क्षयरोग (Multi Drug Resistant TB (MDR TB) :क्षयरोग विरामी जसको
Drug
Sensitivity Testing (DST)परिक्षणगर्दा कम्तिमा २ वटा
औषधि Isoniazid र Rifampicin
बाट Resistant भएका विरामीलाई MDR TB भनिन्छ
।
ख Poly Resistant : क्षयरोगका औषधिहरु मध्ये
एक भन्दा बढि
औषधिहरुहरुमा प्रतिरोधी (Resistant)
प्रमाणीत भएको त्यस
मध्येमा Isoniazid र Rifampicin प्रतिरोधी (Resistant) नभएको
हुनुपर्छ ।
ग. Mono Resistant : क्षयरोगका
औषधिहरु मध्ये कुनै एक
ओषधिको प्रतिरोध (Resistant) भएको
घ. Extensively Drug Resistant TB (XDR TB):
बहु प्रतिरोध क्षयरोग विरामी
जसको क्भअयलम Second
Line Drug Sensitivity Testing (DST) परिक्षण
गर्दा Fluroquinololone
Group को औषधि मध्ये
एउटा, प्रयोग हुने
३ वटा सुई
(Kanamycin, Capriomycin
and Amikacine) मध्ये कुनै १
मा Resistance भएका विरामीलाई
XDR TB भनिन्छ ।खकार परिक्षण गर्दा पोजेटिभ
भएका क्षयरोगका बिरामीको
फोक्सोमा लाखौंको संख्यामा क्षयरोगका
किटाणुहरु भेटिन्छन् जसमध्ये केहि संख्यामा
कुनै न कुनै
किटाणु कुनै औषधिमा
रेसिस्टेन्स हुन सक्छन्
तसर्थ यदि क्षयरोगका
बिरामीलाई एउटा मात्र
औषधि खुवाईएमा त्यससँग
सेन्सिटिभ हुने जति
नष्ट हुन्छन् भने
रेसिस्टेन्स किटाणु चाहिं संख्यात्मक
रुपले बढ्न थाल्दछन्
। त्यसैले क्षयरोगका
विरामीहरुलाई तीन चार
किसिमको औषधि मिलाएर
पूरा अवधिसम्म खुवाएमा रेसिस्टेन्स किटाणुहरु
पनि मर्दछन् अर्थात
क्षयरोग पूर्णतया निको हुन्छ
।
ड्रग रेसिस्टेन्स हुने कारणहरु ः
1 एउटा
मात्र औषधि सेवन
गरेमा ।
2 बीचैमा
औषधि खान छाडेमा
।
3 अनियमित
रुपमा औषधि सेवन
गरेमा ।
4 कम
गुणस्तरको औषधि सेवन
गरेमा ।
5 औषधिको
मात्रा पर्याप्त नभएमा
ड्रग रेसिस्टेन्सलाई मुख्यतया दुई किसिमले बिभाजन गरिएको छ
ः
१. एक्वाएर्ड ड्रग रेसिस्टेन्स (Acquired drug resistance):
त्यस्ता
किसिमको क्षयरोगका बिरामी, जसले
पहिला उपचार गराईसकेका
र फेरि सो
रोग बल्झिएका, बिरामीको
खकार परिक्षणको कल्चर
र सेन्सिटिभिटी परीक्षण
गर्दा रेसिस्टेन्स भएका
किटाणु देखिएमा एक्वाएर्ड ड्रग
रेसिस्टेन्स भनिन्छ ।
२. प्राईमरि ड्रग रेसिस्टेन्स (Primary Drug resistancce):
एक्वाएर्ड
ड्रग रेसिस्टेन्स भएका
बिरामीबाट रेसिस्टन्स भएका ब्याक्टेरिया
पहिला कहिल्यै पनि
क्षयरोगका औषधि नखाएका नयां व्यक्तिलाई
सरेर रोग लागेमा
त्यसलाई प्राईमरि ड्रग रेसिस्टेन्स
भनिन्छ ।
ड्रग रेसिस्टेन्स हुनुनबाट कसरी रोकथाम गर्ने (How to prevent Drug Resistance)
यसको लागि एउटै
मात्र उपाय छ
सवै क्षयरोगका बिरामीहरुलाई
म्इत्क् को माध्यमबाट
नै नियमित उपचार
गरेर क्षयरोग निको
पार्ने ।
औैषधि प्रतिरोध क्षयरोगका बिरामीहरुको ब्यवस्थापन (Drug
Resistant TB Management)
सामान्य किसिमका क्षयरोगका बिरामीको
व्यवस्थापन (निदान र उपचार)
कार्यक्रम देशका सबै भाग
सम्म बिस्तार भैसकेको छ भने
बहु औषधि प्रतिरोधी
क्षयरोगका बिरामीहरुको व्यवस्थापन पनि
बिरामीको चाप र
उपलब्ध सेवाको आधारमा बहु औषधि
प्रतिरोधी उपचार व्यवस्थापन केन्द्र
र उपकेन्द्रहरु बिस्तार
भै रहेका छन
। त्यस्ता केन्द्रहरुबाट
बहु औषधि प्रतिरोधी
क्षयरोगको उपचार व्यवस्थापन निम्नानुसार
गरिने भएकोले सबै
स्वास्थ्य कर्मीहरुले उक्त व्यवस्थापनको
जानकारी साथै नजिकको
उपलब्ध बहु औषधि
उपचार केन्द्र र
उपकेन्द्रको जानकारी राखी आफु
कार्यरत स्वास्थ्य संस्थामा आएका
संकास्पद वा प्रमाणित
बहु औषधि प्रतिरोधी
क्षयरोगका बिरामीहरुलाई बहु औषधि
प्रतिरोध उपचार सेवा उपलब्धताको
जानकारी दिनुका साथै आवस्यक
व्यवस्थापनको लागि प्रेषण
गर्नुपर्दछ । साधारणतया
बहु औषधि प्रतिरोधी
क्षयरोगको उपचार २० महिना
हुन्छ जस्मा ईन्टेन्सीभ
फेज ८ महिना
र कन्टीन्यूयसन फेज
१२ महिना हुन्छ
। हाल नेपालमा
Extensively Drug Resistant TB (XDR TB) को
उपचार व्यवस्थापन पनि
उलब्ध छ । यी बिरामीहरुको
उचार अवधी २४
महिनाको हुन्छ जस्मा ईन्टेन्सीभ
फेज १२ महिना
र कन्टीन्यूयसन फेज
१२ महिना हुन्छ।
MDR TB को दर्ता वर्गिर्ककरण तथा उपचार व्यवस्थापन
MDR TB उपचार
व्यवस्थापन कार्यत्र्रक्रममा निम्न अनुसारको दर्ता
वर्गिकरण अनुसार विरामीलाई उपचार
गरिन्छ ।
१. नयाँ (New)ः नयाँ
बिरामी भन्नाले क्षयरोगको औषधि
पहिले कहिले पनि
नखाएको अथवा खाएको
भएता पनि चार
हप्ता भन्दा कम
समयसम्म मात्र खाएका बिरामी
जसको डि.एस.टी. परिक्षण
गर्दा बहु औषधि
प्रतिरोधक क्षयरोग (MDR TB ) प्रमाणित
भएको छ ।
२. रिल्याप्स (Relapse) ः यस
भन्दा अगाडी क्षयरोगको
औषधि खाई उपचार
(First Line Drug ) पुरा
गरेको अथवा निको
भएका बिरामीहरु जसको
अहिले पुनः खकार
परिक्षण गर्दा पोजेटिभ नतिजा
देखिएमा निजको डि.एस.टी.
र कल्चर परिक्षण
गर्दा बहु औषधि
प्रतिरोधक क्षयरोग (MDR TB) प्रमाणित भएको
बिरामी यसमा पर्दछन् ।
३. उपचार बिचैमा छाडि पूनः उपचारको लागि आएका (Treatment After Lost to
Followup) ः
यस्ता
क्षयरोगका विरामीहरु जो ६०
दिन वा सो
भन्दा वढी औषधि
उपचार छोडेर फेरी
उपचार लिन आएका
विरामी जसको खकार र
कल्चर परिक्षण गर्दा
पोजेटिभ नतिजा भएका बिरामी
पनि यस दर्ता
वर्गिकरणमा पर्दछन् ।
४. क्याटेगोरी I उपचार असफल (Treatment
After Failure of Category-I) ः
क्षयरोगको बिरामी जसले ५
महिना वा सो
भन्दा बढी समयसम्म
नियमित क्षयरोगको औषधि (First Line Drug) खाँदाखाँदै पनि खकारको
नतिजा पोजेटिभ हुन्छ
भने निज बिरामीको
डि.एस.टी.
र कल्चर परिक्षण
गर्दा बहु औषधि
प्रतिरोधक (DR TB ) प्रमाणित भएका यस्ता
बिरामीलाई यसै अन्तर्गत
राखिन्छ ।
५. क्याटेगोरी क्ष्क्ष् उपचार असफल (Treatment
After Failure of Category-II) : क्षयरोगको बिरामी जसले
५ महिना वा
सो भन्दा बढी
समयसम्म नियमित क्षयरोगको औषधि
(First
Line Drug) खाँदाखाँदै पनि खकारको
नतिजा पोजेटिभ हुन्छ
भने निज बिरामीको
बहु औषधि प्रतिबादक
क्षयरोग (MDR TB ) भनि
यस क्याटेगोरी अन्तर्गत
राखिन्छ ।
६. Other
Previously Treated Patients : बिगतमा बहु औषधि
प्रतिबादक क्षयरोगको उपचार कोर्ष
पुरा गरेका तथा
नतिजा नआएका वा
नतिजाको कागजात नभएका बिरामीहरुलाई
यस केटेगोरीमा राख्नुपर्छ
जस्तैः राष्ट्रिय
क्षयरोग कार्यक्रममा दर्ता भइ
औषधि खांदा खांदै
विरामीको पायक पर्ने
अर्को उपचार केन्द्रमा
आएका विरामीहरुलाई यस
केटेगोरीमा राख्नुपछ।
७. विगतको उपचार इतिहास थाहा नभएको (Previous
Treatment history unknown):
४ हप्ता भन्दा बढी
समयसम्म बहु औषधि
प्रतिबादक क्षयरोगको औषधी खाएका
तर राष्ट्रिय क्षयरोग
कार्यक्रममा दर्ता नभएका र
माथि उल्लेखित दर्ता
वर्गीकरणमा नपरेका अथवा विगतमा
क्षयरोगको उपचार गरिएका बिरामी
जसको उपचार परिणाम
निश्चित नभएका अथवा अभिलेख
नराखिएका (undocumented_ बिरामीलाई
यस अन्तर्गत राखिन्छ
।
MDR
TB Treatment Management मा प्रयोग हुने औषधिहरु ः
Intensive
Phase 8-12 महिना Continuatin
Phase 12 महिना
पहिलो चार महिना
1 Ing.Kanamycin
(हप्ताको ६ दिन
लगाउने
2 Livoflozacin
3 Pyrazinamide
4 Ethionamide
5 Cycloserine
पछिल्लो चार महिना
1 Inj
Kanamycin
(हप्ताको ३
दिन
१
दिन
विराएर
लगाउने
2 Livoflozacin
3 Pyrazinamide
4 Ethionamide
5 Cycloserine
Continuation Phase 12 Month
1 Livoflozacin
2 Pyrazinamide
3 Ethionamide
4 Cycloserine
नोट ः यदि
Intensive Phase को उपचार
अरु ४ महिना
थप्नु परेमा Intensive
Phase को उपचार
१२ औं महिनासम्म Continue गर्नु पर्दछ
र त्यस पछि
Continuation Phase को उपचार
गर्नु पर्दछ ।
Source : TB
Manual , National Tuberculosis Center, Nepal