हँसिया रक्तकोश रोग (सिकल सेल डिजिज)

हँसिया रक्तकोश रोग (सिकल सेल डिजिज) भनेको के हो ?
हँसिया रक्तकोश रोग (अंग्रेजीमा सिकल सेल डिजिज) विश्व भरी नै तथा नेपालमा पनि पाइने एक प्रकारकारको वंशानुगत रगतको रोग हो ।यो एक प्रकारको वंशानुगत रक्त रोग हो, यो रोग बुवा र आमा बाट बच्चामा पुग्ने हुन्छ । हँसिया रक्तकोश रोग भएको बेला रातो रक्तकोशहरु सामान्यतया गोलो आकारको हुनुको साटो हँसिया आकारको हुन्छ र कडा पनि हुन्छ । यसको कारणले गर्दा यस्ता रक्तकोशहरु शरीरमा सजिलो सँग बग्न नसकी ठाउँ ठाउँमा रक्त संचारमा अवरोध आउने हुँदा शरीरका बिभिन्न भाग तथा अंगहरुमा अक्सिजन को राम्रोसँग संचार हुन सक्दैन । यस प्रकारको रक्त संचारको अवरोधले गर्दा बेला बेलामा शरीरमा दुखाई हुने र विरामी हुन सक्छ ।

tOPV भ्याक्सिीनको सट्टामा bOPV भ्याक्सिनको प्रयोग


.पोलियो उन्मुलन अन्त्य गर्ने रणनैतिक योजना २०१३-२०१८ बिश्व स्वास्थ्य सम्बन्धि सन् २०१३सम्पन्न साधारण सभाले पोलियो उन्मुलनलाई अन्त्य गर्ने रणनैतिक योजना २०१३-२०१८ पारित गरेको
थियो उक्त बिश्वब्यापी योजनाले मुख्यत  निम्न लिखित दुई वटा बिषयहरुमा ध्यान केन्द्रित गरेको  
) Oral Polio Vaccine को प्रयोगलाई क्रमश  हटाउने यसका लागि पोलियो रोगको संक्रमण गराउने तीन वटै भाईरसहरु P1,P2,P3 भएको tOPV भ्याक्सिनको सट्टामा bOPV- P1,P2 भएको भ्यक्सिनको प्रयोगबाट शुरुवात गर्ने
) tOPV भ्याक्सिीनको सट्टामा bOPVभ्याक्सिनको प्रयोग गर्नु भन्दा पहिला नियमित खोपमा ..पी.भि.खोप सेवाको शुरुवात गर्ने नेपालमा ..पी.भि.खोप सेवाको शुरुवात गत बर्ष देखि भई सकेको  
पोलियो उन्मुलनको अन्तिम अबस्थाका केही तथ्यहरु
पेलियो रोग बिरुद्व दिइने खोप सेवाको प्रगती बिगत दुई दशक देखिनै उत्साहजनक रुपमा हुदै आएको कारणले संसारमय पोलियो रोगका बिरामीहरुको संख्यामा ९९ प्रतिशत भन्दा बढिले कमी आएको

आइस प्याक कण्डिसनिङ्ग

भ्याक्सिन बितरण गर्दा +२ डिग्री  देखी +८ डिग्री तापक्रममा बितरण गनुपदर्छ । जमेर बिग्रिने भ्याक्सिनलाई धेरै चिसोबाट बचाउनको लागि कण्डीसनिङ्ग गरेको आइसप्याकको प्रयोग गर्नुपर्छ । जमेर बिग्रने भ्याक्सिनलाई ढुवानी तथा बितरण गर्दा भ्याक्सिनलाई जम्नबाट जोगाउन आईसप्याक पगाल्ने प्रक्रिया हो । आईसप्याक कण्डीसनिङ्ग गर्दा २०डिग्री सेन्टिग्रेडमा जमेको आइसप्याक लाई बाहिरी तापक्रममा पग्लिन दिनुपर्दछ । यसरी पग्लिएको आइसप्याक हल्लाउँदा बरफको टुक्रा र पानीको आवाज सुनिन्छ भने यस्तो अवस्थाको आइसप्याकलाई कण्डीसनिङ्ग आइसप्याक भएको मानिन्छ । त्यसैले डि.पि.टीहेपबीहीव, टी.टी.जस्ता जमेर बिग्रने भ्याक्सिनहरु कण्डीसनिङ्ग गरिएको आइसप्याक भ्याक्सिन क्यारियर तथा कोल्ड बक्समा राखेर ढुवानी तथा वितरण गर्नुपर्दछ ।

श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका २०७०”


टी.टी/टी.डी (TT/Td) खोप


परिचय
टिटानस टक्साइड धनुष्टंकार रोग विरुद्ध दिइने खोप हो । टिटानस टक्साइड भएको खोप विभिन्न खोपको रुपमा
उपलब्ध हुन्छ जस्तैः डि.पि.टि., डि.पि.टि.हेव वीहिव, टी.टी., टी.डी.,डी.टी. । हाल नियमित खोपमा टी.टी. खोप
प्रयोग गरिदै आएकोमा आगामी दिनमा यो खोपको सट्टा टी.डी. खोप प्रयोग गरिनेछ ।
 बनावट
यी खोपहरु झोलको रुपमा १० वा २० मात्राको भायलमा उपलब्ध हुन्छ । टी.टी. खोपमा टिटानस टक्स्वाइड रहेको
हुन्छ भने टी.डी. (T.d) खोपमा टिटानस टक्स्वाइड र डिप्थेरिया टक्स्वाइड (कम मात्रा) मिसिएको हुन्छ ।
भण्डारण
टी.टी/टी.डी. खोपलाई +२ डिग्री देखि +८ डिग्री से. तापक्रममा राख्नुपर्दछ । यी खोपहरु Freeze-Sensitiveभएकोले जम्न दिनु हुँदैन ।
खोपको मात्रा र दिने उमेर
यी खोपहरुको मात्रा ०.५ मि.ली. हो र महिलालाई दिइन्छ । गर्भवती भएको थाहा पाउने बित्तिकै पहिलो मात्रा र १
महिनापछि दोस्रो मात्रा गरी दुई पटक लगाउनु पर्दछ र त्यसपछिको हरेक गर्भावस्थामा एक मात्रा दिनु पर्दछ ।
तयार गर्ने बिधि
यो खोप झोलको रुपमा उपलब्ध हुन्छ र खोप लगाउनु भन्दा अगाडि भ्याक्सिन भायललाई हल्लाएर लगाउनु पर्दछ ।
याद गर्नुपर्ने कुरा
यो खोप बढी चिसोका कारण जमेर बिग्रन्छ । यो खोप भण्डारण गर्दा +२ डिग्री देखि +८ डिग्री से. तापक्रममा राख्नुपर्दछ तथा वितरण गर्दा कण्डिसनिङ्ग गरेको आइसप्याक मात्र प्रयोग गर्नुपर्दछ । खोप जमेको शंका लागेमा भ्याक्सिन
भायललाई प्रयोग नगर्ने ।
खोप दिने तरीका
यो खोप बायाँ पाखुराको बीच बाहिरी भागमा मासुभित्र (Intra-muscular_९० डिग्री कोण पारी दिनुपर्दछ ।
गर्भवती महिलालाई सुझाब
1. सूई दिएको स्थानमा माड्नु हुँदैन
2. यो खोप लिएपछि सामान्य ज्वरो आउन सक्छ र पछि आफै ठीक हुन्छ ।
3. अर्को मात्रा लगाउनु पर्ने भएमा अर्कोपटक आउने दिन, समय, स्थान र खोप कार्ड सुरक्षित राख्नेबारे जानकारी
    दिनुपर्दछ ।
  श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका